×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जनकपुरमा विवाह पञ्चमीमा सतपालजी महाराज प्रमुख अतिथि बनेर जनकपुर आउँदै

जनकपुरमा विवाह पञ्चमीमा सतपालजी महाराज प्रमुख अतिथि बनेर जनकपुर आउँदै

जनकपुर- यस वर्ष विवाह पञ्चमीमा उत्तराखण्ड सरकारका पर्यटन मन्त्री एवम् अन्तर्राष्ट्रिय आध्यात्मिक गुरु श्री सतपालजी महाराज प्रमुख अतिथिको रूपमा नेपाल आउने भएका छन् ।

प्रत्येक वर्ष मङ्सिर शुक्ल पञ्चमीको दिन जनकपुरमा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सवमा भाग लिन पर्यटन मन्त्री सतपाल महाराज १० गते जनकपुर आउन लागेका हुन् । यस अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ रामजानकी विवाह महोत्सवमा सहभागी भएका थिए।


उत्तराखण्डको रघुनाथ मन्दिर देव प्रयागबाट जन्तीको टोली रजमानकी मन्दिरमा आउनको लागि मङ्सिर ८ गते निस्कनेछन् । भारतबाट सतपालजी महाराजसँग हजारौँ जन्ती आउदैछन् । जानकी मन्दिर, जनकपुरधाका महन्त रामतपेश्वर दास वैष्णवको निम्तोमा प्रमुख अतिथिको रूपमा महाराज आउने उनका सहयोगी नवीन कोइरालाले जानकारी गराए। भारतीय जनता पार्टीका राष्ट्रिय कार्यकारिणी सदस्य समेत रहेका सतपाल महाराज भारतका प्रभावशाली नेता मध्येमा पर्दछन्। हाल उत्तराखण्ड सरकारमा मुख्यमन्त्री पछिको दोस्रो शक्तिशाली मन्त्रीका रूपमा महाराज रहेका छन्।
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल शाहले प्रमुख अतिथि सतपाल महाराजको तयारी गर्न आतुर रहेको बताए । प्रमुख अतिथि सतपाल महाराज आउँदै हुनुहुन्छ । वहाँ आउँदा खेरी झन् हाम्रो जनकपुरको रौनक बढी रहेको छ। हामी वहाँलाई स्वागत गर्न आतुर छौं ।
सतपाल महाराज नेपालको सुदूरपश्चिमको नाका महाकालीबाट प्रवेश गर्दै छन् । नेपाल प्रवेश गरेसँगै उनलाई स्वागत गरिने तयारी छ । वहाँका लागि हामीले विशेष तयारी गरेका छौं । वहाँलाई हामीले महाकाली मै स्वागतको व्यवस्था गरेका छौ । धनुषा जिल्ला छिरेपछि सिमानामा मेयर साहेब, सिडिओ साहेब लगायत जनकपुरका प्रबुद्ध व्यक्तित्वहरूले महाराजलाई स्वागत गर्ने पुग्छौ ।  अध्यक्ष शीतल शाहले भने ।
मङ्सिर ७ गतेबाट प्रारम्भ हुने सप्ताहव्यापी विवाह महोत्सव कार्यक्रममा सतपाल महाराज मङ्सिर ११ गते र १२ गतेको समारोहमा सरिक हुने जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले जानकारी दिए। उनले भने, वहाँ १० गते आइपुग्दै हुनहुन्छ जनकपुर । १० गते बेलुका आउनुभएपछि विश्राम हुन्छ । ११ गते हाम्रो विभिन्न कार्यक्रमहरु छ त्यसमा सरिक हुनुहुन्छ । १२ गते विवाह पञ्चमीको मेलामा सरिक हुनुहुन्छ । अभिनन्दन देखि लिएर विभिन्न कार्यक्रम पनि गरेका छौ ।
रामजानकी विवाह पञ्चमी महोत्सवको तयारी धमाधम भइरहेको छ । यस वर्ष विवाह पञ्चमी अरू वर्षभन्दा अलिक फर ढङ्गले भइरहेको छ । व्यवस्थापनको तयारी पनि त्यही अनुसार चलिरहेको छ । यसपालि लगभग १२ विगाहमा १०० बटा अस्थायी शौचालय निर्माण गरिँदै छ । खानेपानी पाँच ठाउँमा व्यवस्थापन गर्दैछ। यात्रीहरू विवाह हेर्न लागि चार ठाउँमा डिस्पेबाट हेर्ने व्यवस्था मिलाइदैछ । रंगभूमि मैदानमा रामलीलाको तयारीमा समेत गर्न परिषद् जुटेको छ ।
धेरै वर्षदेखि रोकेर राखिएको रामलीला पनि ११ र १२ गते दुई दिन गर्ने योजना परिषद्को छ । रंगभूमि मै राम सिताको स्वयंवर पनि हुने अध्यक्ष शाहले बताए । उनले भने, अरू कार्यक्रम चाहिँ जानकी मन्दिरमा हुन्छ । ११ गते मठखोर। गङ्गा सागरको डिलमा हुन्छ । त्यसमा पनि महाराज सरिक हुनुहुन्छ । १२ गते १० बजेदेखि १२ बजेसम्म जानकी मन्दिरमा विशेष कार्यक्रम छ । १ बजेबाट रंगभूमि मैदानको लागि जन्ती निस्कनुहुन्छ ।  तयारी तीव्र गतिमा रहे पनि मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका कारण महोत्सव केही प्रभावित भएको छ । ६,७ गते सम्मा पूर्ण रूपमा तयारी पुरा गर्ने परिषद्ले जनाएको छ ।
त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारे । शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको भव्य समारोहबीच विवाह सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्