×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सदस्यसचिवको विषयमा तीन संघले आन्दोलन गर्ने

सदस्यसचिवको विषयमा तीन संघले आन्दोलन गर्ने

काठमाडौं - नेपाली खेलकुदआबद्ध बिभिन्न तिन संघले सदस्यसचिवको विषयमा सर्वोच्च अदालतको ध्यानाकर्षण गराउन शान्तिपूर्ण आन्दोलन गर्ने भएका छन्।  नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइइपीए), नेपाल ओलम्पियन संघ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले आन्दोलन गर्ने भएका छन्।

सदस्यसचिवको विचाराधिन मुद्दामा छिटो भन्दा छिटो सुनुवाई गर्न दबाब बढाउन भन्दै बिहीबार संयुक्तरूपमा शान्तिपूर्ण आन्दोलन गर्ने विज्ञप्तीमार्फत जनाएका छन्। 

विज्ञप्तीमा एनएनआईपीएका अध्यक्ष दिपक श्रेष्ठ, नेपाल ओलम्पियन संघका अध्यष दिपक विष्ट र राखेप कर्मचारी संघबाट रंजन थापाले हस्ताक्षर गरेका छन्। सरकारले तत्कालिन सदस्यसचिव रमेशकुमार सिलवाललाई बर्खास्त गर्दै टंकलाल घिसिङलाई नियुक्त गरेको थियो। सिलवालले आफ्नो बर्खास्ती रोक्न र घिसिङको  नियुक्ती खारेजीको माग गर्दैै दायर गरेको मुद्दामा सर्वोेच्चले अल्पकालिन अन्तरिम आदेश दिएको थियो।

२८ माघमा सर्वोच्चले यस विषयमा सुनुवाईको पेशी तोकेको छ। राखेपमा सदस्य सचिव नहुँदा यसै वर्ष चीनमा हुने एसियन खेलकुुद, नवौं राष्ट्रिय खेलकुद, १४औं दक्षिण एसियाली खेलकुद (साग) का साथै अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी प्रभावित भएको विज्ञप्तिमा बताइएको छ।

यस विषयमा छिटो निकास निस्किएमा खेलकुद गतिविधि पुनः चलायमान बनाउन सकिने भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरिएको एनएनआइपीए, नेपाल ओलम्पियन संघ र राखेप कर्मचारी संघले संयुक्तरूपमा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।

प्रतिकृया दिनुहोस्