×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

टी-२० : पहिलो खेलमा लुम्बिनी भर्सेस काठमाडौं भिड्दा दोश्रोमा बिराटनगर भर्सेस फारवेस्ट

टी-२० : पहिलो खेलमा लुम्बिनी भर्सेस काठमाडौं भिड्दा दोश्रोमा बिराटनगर भर्सेस फारवेस्ट

काठमाडौं - नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा भइरहेको नेपाल टी-ट्वान्टी लिग क्रिकेटमा आज बुधबार दुई खेलहरु हुँदैछन् ।

बुधबारको पहिलो खेलमा लुम्बिनी अल स्टार र काठमाडौं नाईट्सबीच खेल हुँदैछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ।
सात खेल खेलेर ४ जित तथा ३ हार हात पारेर ८ अंक सहित काठमाडौं अंक तालिकाको तेस्रो स्थानमा रहेको छ।

आठ खेलमा सात जित हात पारेको लुम्बिनी १४ अंक सहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

यही संस्करणको पहिलो भेटमा लुम्बिनीले काठमाडौंलाई ३५ रनले हराएको थियो ।

बुधबार नै हुने दोस्रो खेलमा फार वेस्ट युनाईटेड र विराटनगर सुपर किंग्सबीच खेल हुदैछ । खेल दिउसो १ बजे बाट सुरु हुनेछ।

 सात खेलमा दुई जित पाँच हार सहित विराटनगर ४ अंकका साथ अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा रहेको छ । छ खेलमा एक जित हात पारेको फार वेस्ट २ अंकका साथ अंक तालिकाको पुछारमा रहेको छ ।

पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।

प्रतिकृया दिनुहोस्