काठमाडौं - सरकाले जारी गरेको निषेधाज्ञाको पहिलो दिन सेयर बजार करिब २६ अंकले बढेको छ । बुधबार कारोबार रकम र सूचक दुवै घटेको सेयर बजारमा आज यो सातको अन्तिम कारोबार दिन भने कारोबार रकम र बजार सूचक नेप्से दुवैमा सुधार भएको हो ।
मंगलबार ९२ अंकभन्दा बढीले छलाङ मारेको नेप्से बुधबार १३ अंकले ओर्लिएको थियो । कारोबार रकम पनि चार अर्बभन्दा केही कम नै रहेको थियो।
आज बिहीबार भने बजार सूचक नेप्से २५.८३ अंकले उक्लिँदा नेपाल स्टक एक्सचेन्जमा चार अर्ब ३६ करोड रुपैयाँ बरारबका धितोपत्र किनबेच भए ।
झन्डै ५१ हजार पटक कारोबार हुँदा २१७ कम्पनीको ९८ लाख १८ हजार कित्ताभन्दा धेरै धितोपत्र कारोबार भएको हो ।