काठमाडौं - मनोज कुमार ज्ञवाली नबिल बैंकका वरिष्ठ प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीओ) मा बढुवा भएका छन् । ज्ञवालीलाई बैंक सञ्चालक समितिले गत बिहीबार बढुवाको निर्णय गरी आइतबार पत्र दिएको हो ।
२०७७ जेठमा ज्योती विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएर ज्ञवाली नबिल बैंकमा नायब महाप्रबन्धकको रूपमा प्रवेश गरेका थिए ।
त्यसपछि उनी डीसीओ (डिपुटी सीईओ) बनेका थिए । आइतबारदेखि सिनियर डिसिओमा बढुवा भएका हुन् । ज्ञवालीको बढुवा भएसँगै बैंकमा दुई जना सिनियर डीसीओ भएका छन् । यसअघि सुजितकुमार शाक्य पनि सिनियर डीसीओ रहेका छन् ।