×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सिभिल अस्पतालको एमडीमा प्रा. डा. जितेन्द्र परियार नियुक्त, ‘एकेडेमी’ र क्यान्सर सेन्टर बनाउने लक्ष्य

सिभिल अस्पतालको एमडीमा प्रा. डा. जितेन्द्र परियार नियुक्त, ‘एकेडेमी’ र क्यान्सर सेन्टर बनाउने लक्ष्य

काठमाडौं - निजामती कर्मचारी (सिभिल) अस्पतालको कार्यकारी निर्देशक पदमा क्यान्सर रोग विशेषज्ञ प्रा. डा. जितेन्द्र परियार नियुक्त भएका छन्। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिफारिस समितिको योग्यताक्रममा पहिलो नम्बरमा रहेका डा. परियारलाई सोमबार कार्यकारी निर्देशक नियुक्त गरेको हो।

चितवन घर भई गत १४ वर्षदेखि सिभिल अस्पतालमै सेवारत डा. परियारसँग बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा समेत काम गरेको २६ वर्ष लामो चिकित्सा अनुभव छ। पदभार ग्रहणसँगै डा. परियारले सिभिल अस्पताललाई 'शिक्षण संस्था' (एकेडेमी), अनुसन्धान केन्द्र र क्यान्सर उपचारको छुट्टै केन्द्रका रूपमा विकास गर्ने मुख्य एजेन्डा अघि सारेका छन्। साथै, निजामती कर्मचारी र सर्वसाधारणका लागि अझ भरोसायोग्य सेवा प्रदान गर्दै अस्पतालका कर्मचारीको हकहितमा काम गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्