×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

वडाले नि:शुल्क लोकसेवा तयारी कक्षा सञ्चालन

वडाले  नि:शुल्क लोकसेवा तयारी कक्षा सञ्चालन

काठमाडौं- बागलुङको काठेखोला गाउँपालिका वडा नं ३, धम्जाले वडाभित्रका युवा विद्यार्थीहरूलाई नि:शुल्क रुपमा लोकसेवा तयारी कक्षा सञ्चालन गराएको छ । वडा नं ३ धम्जाले मंगलबार बागलुङ सदरमुकाममा एक कार्यक्रमबीच लोकसेवा तयारी कक्षा सुरु गरेको हो । 

वडाका किशोर किशोरीलाई स्वदेशमै स्वालम्बी बन्न उत्प्रेरित गर्ने र सरकारी सेवामा पहुँच वृद्धि गर्नको लागि आफूहरुले नि:शुल्क तयारी कक्षाको सुरु गरेको वडा अध्यक्ष कुलबहादुर विकले जानकारी दिए ।

यसका लागि आफूहरुले २० जना युवाहरूलाई सदरमुकाममा राखेर लोकसेवा र शिक्षक सेवा आयोग पढाउने उनको भनाइ छ । यस्ता कक्षाहरुले सक्षम नागरिक उत्पादन गर्नमा महत्त्वपूर्ण भूमिका खेल्ने पनि अध्यक्ष विकले बताए ।

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले यस कार्यक्रमबाट विद्यार्थीको हौसला बढाउने र सकारात्मक प्रतिफल आउने विश्वस व्यक्त गरे । काठेखोला ३, को आर्थिक सहयोग र हेमन्त मल्टी एजुकेसनल सर्भिसको संयोजनमा उक्त कक्षा सञ्चालन हुन थालेको हो । 

प्रतिकृया दिनुहोस्