×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

सुदूरपश्चिम

पहिरोले डोटी सिलगढी - बझाङ जोड्ने सडक अवरुद्ध

पहिरोले डोटी सिलगढी - बझाङ जोड्ने सडक अवरुद्ध

डोटी - लगातार तीन दिनदेखिको वर्षाका कारण जिल्ला सदरमुकाम सिलगढी कलेना, मछिन्तोला, दल्लेक, मेल्लेक हुँदै बझाङ जोड्ने सडक अवरुद्ध भएको छ ।

उक्त सडकअन्तर्गत सिलगढीको चिसापानी भन्ने ठाउँमा सडक माथिबाट पहिरो आउँदा सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि यातायात सञ्चालन गर्न समस्या हुनुका साथै नागरिकलाई जिल्ला सदरमुकाम सिलगढी आवतजावतमा समस्या भएको छ ।

पहिराले सडक अवरुद्ध गरेपछि बिरामीलाई जिल्ला अस्पताल लैजानदेखि गाउँमा अत्यावश्यक सामग्री ढुवानी गर्न समेत समस्या भएको दिपायल सिलगढी नगरपालिका–९ कलेनाका स्थानीयले बताएका छन् ।
 

प्रतिकृया दिनुहोस्