×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

थप १३८८ जनामा कोरोना‚ २२६० संक्रमणमुक्त

थप १३८८ जनामा कोरोना‚ २२६० संक्रमणमुक्त

काठमाडौँ, नेपालमा आइतबार थप १ हजार ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार २ सय ५९ पीसीआर परीक्षणका क्रममा १ हजार २ सय १४ जना र ३ हजार ३८ एन्टीजेन परिक्षणका क्रममा १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ४२ हजार १ सय ९३ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप २४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण १० हजार ७ सय १४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप २ हजार २ सय ६० जना कोरोनामुक्त हुँदा नेपालमा अहिलेसम्म ७ लाख १२ हजार ७ सय १२ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ३५ हजार ७ सय ९६ सक्रिय संक्रमित आइशोलेशन र ३४३ जना क्वारेन्टाइनमा छन् भने हालसम्म नेपालमा ३८ लाख ९४ हजार १ सय ३७ वटा पीसीआर र ४ लाख ६१ हजार ४ सय ९९ वटा एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

 

प्रतिकृया दिनुहोस्