लास वेगस: भीषण गर्मीसँग जुझिरहेको अमेरिकाको पश्चिमी क्षेत्रको जंगलमा ढडेलो लागेको छ ।
पश्चिमी क्षेत्र भीषण गर्मी छ र त्यस क्षेत्रको कतिपय स्थानमा तापक्रम कीर्तिमान बनाइरहेको छ । त्यहाँ बस्ने कतिपय मानिसलाई त्यो ठाउँ खाली गर्न भनिएको छ । आगोमाथि नियन्त्रण लिन कठिनाइको सामना गर्नु परिरहेको बताइएको छ ।
लास वेगसमा तापक्रम ४७.२ डिग्री सेल्सियस मापन गरिएको छ । यसैगरी क्यालिफोर्नियाको डेथ भ्यालीमा ५४.४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।
युरोपीय संघको अर्थ अब्जरबेसन कार्यक्रमले जनाएअनुसार त्यो क्षेत्र अहिलेसम्मको सबैभन्दा बढी गर्मीको सामना गरिरहेको छ ।
आगामी दिनमा भीषण गर्मी जस्तै मौसमको विकराप रूपका सामना गर्नुपर्ने जानकारहरूले बताएका छन् । जलवायु परिवर्तनका कारण यस्तो समस्या देखिएको उनीहरूले बताएका छन् ।
अमेरिकामा अहिले लाखौं मानिस भीषण गर्मीको सामना गरिरहेको छ ।
अमेरिकाको मौसम विभागले प्रभावित क्षेत्रमा बसोवास गर्ने मानिसहरूलाई बढी मात्रामा पानी खान सुझाव दिँदै घरभित्रै बस्न आग्रह गरेको छ ।