×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

तीन प्रदेशका प्रमुख फेरिने : कांग्रेस, माओवादी र जसपाकाे भागबन्डा

तीन प्रदेशका प्रमुख फेरिने : कांग्रेस, माओवादी र जसपाकाे भागबन्डा

काठमाडौँ- सरकारले तीन वटा प्रदेशका प्रमुख फेर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १ मा पर्शुराम खापुङ, कर्णाली प्रदेशमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने गरेकाे हाे । उक्त निर्णयपछि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिससमेत गरिएकाे बताइएकाे छ । प्रदेश प्रमुखमा सत्तारुढ दलहरूले भागबन्डा गरेका छन् ।

सुदूरपश्चिममा कांग्रेसका पूर्वसभासदसमेत रहेका जोशी, प्रदेश १ मा जनता समाजवादीका खापुङ र कर्णालीमा माओवादी केन्द्रका परियारलाई प्रदेश प्रमुख बनाउने सहमति भएको हो । परियार यसअघि प्रदेश २ को प्रदेश प्रमुख थिए । सरकारले यसअघि नै बागमती, प्रदेश नम्बर २, गण्डकी र लुम्बिनीका प्रदेश प्रमुख फेरिसकेको छ । सरकारले एमाले निकट रहेका प्रदेश १ का सोमनाथ अधिकारी, सुदूरपश्चिमका गंगाप्रसाद यादव, कर्णालीका गोविन्द कलौनीलाई हटाएर नयाँ प्रदेश प्रमुख सिफारिस गरेको हो ।

प्रतिकृया दिनुहोस्