×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एसईईको नतिजा भोलि सार्वजनिक हुने, हेर्ने व्यहोरा यस्तो छ

एसईईको नतिजा भोलि सार्वजनिक हुने, हेर्ने व्यहोरा यस्तो छ

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा भोलि सार्वजनिक गर्दैछ । नतिजा सार्वजनिकको निर्णय गर्न बोर्ड बैठक बोलाइएको छ ।

बोर्डको बैठक बसेपछि भोलि नतिजा सार्वजनिक हुने परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले बताए । बोर्डका अध्यक्ष महाश्रम शर्माले पनि भोलि नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताए ।

कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।

दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका २ लाख ५७ हजार ९२४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरी ५ लाख १४ हजार ९७७ परीक्षार्थीले परीक्षा दिएका परीक्षा नियन्त्रक रायमाझीले जानकारी दिए ।

कसरी हेर्ने ?

प्रतिकृया दिनुहोस्