×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

पिएसजीलाई पराजित गर्दै समूह विजेता बन्यो सिटी

पिएसजीलाई पराजित गर्दै समूह विजेता बन्यो सिटी

एजेन्सी- युरोपियन च्याम्पियन्स लिग फुटबलमा इङ्लिस क्लब म्यानचेस्टर सिटी समूह ‘ए’ को विजेता बनेको छ। नकआउट चरणमा विजेताका रूपमा स्थान बनाउने क्रममा सिटीले फ्रेन्च क्लब पिएसजीलाई २-१ ले पराजित गर्‍यो।

सिटीको घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरी भएपनि खेलको ५० औँ मिनेटमा केलिएन एम्बाप्पेले गोल गर्दै पाहुना टोली पिएसजीलाई अग्रता दिलाए। तर उत्कृष्ट लयमा रहेको सिटीका लागि रहिम स्ट्रलिङले १३ मिनेट पछि नै घरेलु टोलीलाई बराबरीमा ल्याए।

सिटीका लागि निर्णायक गोल भने गाब्रियल जेससले ७६ औँ मिनेटमा सम्भव बनाए। उनले बर्नान्डो सिल्भाको पासलाई सदुपयोग गरेका थिए। समूहको अर्को खेलमा आरबी लाइप्जिगले क्लब ब्रुगलाई ५-० ले पराजित गर्‍यो। यद्यपि समूह ‘ए’ बाट सिटी ५ खेलमा १२ अङ्क जोड्दै शीर्षस्थानमा रहँदा ८ अङ्क बनाएको पिएसजी दोस्रो स्थानमा रहँदै छनोट भएको छ। लाइप्जिग र ब्रुगको ४-४ अङ्क रहेको छ।

 

प्रतिकृया दिनुहोस्