×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

लक्ष्य गरिएकोमध्ये ९८.२७ प्रतिशत राजस्व संकलन

लक्ष्य गरिएकोमध्ये ९८.२७ प्रतिशत राजस्व संकलन

काठमाडौं- चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा सरकारले लक्ष्य गरेकोमध्ये ९८.२७ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ । अर्थ मन्त्रालयका अनुसार सो अवधिमा सरकारले कूल ८ खर्ब २७ अर्ब ८७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।  

चालु आर्थिक वर्षको पहिलो नौ महिनामा सरकारले ८ खर्ब ४३ अर्ब ४८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । लक्षितमध्ये ९८.२७ प्रतिशत रकम संकलन गर्न सफल भएको अर्थले जनाएको हो । यसवर्ष संकलन भएको राजस्वमध्ये ७ खर्ब २७ अर्ब ७९ करोड रुपैयाँ कर राजस्व, ६१ अर्ब ४७ करोड रुपैयाँ गैरकर राजस्व र अन्य प्राप्ति ३८ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । 

प्रतिकृया दिनुहोस्