×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

मोरोक्कोद्वारा उपाधि दाबेदार बेल्जियम पराजित

मोरोक्कोद्वारा उपाधि दाबेदार बेल्जियम पराजित

काठमाडौं -  विश्वकप फुटबल २०२२ अन्तर्गत उपाधि दावेदार  बेल्जियमलाई मोरोक्कोले पराजित गरेको छ । समूह ‘एफ’अन्तर्गत आइतबार साँझ भएको खेलमा बेल्जियम मोरोक्कोसँग २-० गोलले पराजित भयो ।

अल थुमामा स्टेडिमयमा मोरोक्कोलाई जिताउन अब्देलहामिद साविरी र जाकारिया अबौंखललले गोल गर्नुभयो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । साविरीले ७३औं मिनेटमा गोल मोरोक्कोको उत्साह जगाउनुभयो ।

त्यसपछि जाकारियाले इन्जुरी समयमा हाकिम जियाचको पासमा गोल गर्दै मोरोक्कोलाई जिताउनुभयो । यता ६६ प्रतिशत बल पोसेसन राखेपनि  बेल्जियमले मोरोक्कोको रक्षापंक्ति तोड्न नसक्दा हार खेप्यो ।

जितसँगै दुई खेलबाट चार अंक बनाएको मोरोक्को समूहको शीर्षस्थानमा छ । पहिलो हार खेपेको बेल्जियम तीन अंकसहित दोस्रो स्थानमा छ ।

एक अंक बनाएको क्रोएसिया तेस्रो स्थानमा छ । अंकविहिन क्यानडा अन्तिममा छ । 

प्रतिकृया दिनुहोस्