×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

‘ग्रिन बर्ड’ छायांकन शुरू

‘ग्रिन बर्ड’ छायांकन शुरू

काठमाडौँ- चलचित्र ‘ग्रिन बर्ड’ को छायाङ्कन शुरू भएको छ । चितवन र नवलपरासीमा खिचिने चलचित्रको छायांकन चितवनबाट शुरू गरिएको हो । चलचित्रको मुख्य भूमिकामा अभिनेत्री सुरक्षा पन्त रहेकी छन् ।

सुरक्षासँगै चलचित्रमा कमलमणि नेपाल र अफरान अलिको मुख्य भूमिका रहनेछ । प्रमोद कँडेलले यही चलचित्रबाट निर्देशनमा डेब्यु गर्दैछन् । योङ स्टार सिनेमाको ब्यानरमा निर्माण भइरहेको चलचित्रले स्वतन्त्र जीवन जिउन चाहने एक युवतीको सङ्घर्षको कथालाई देखाउनेछ । प्रमोदकै कथा र पटकथा रहेको यो चलचित्रमा कात्तिक स्मित कर्नाटकको छायांकन तथा अन्जय खड्काको सम्पादन रहनेछ ।

 

प्रतिकृया दिनुहोस्