×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

महाभियोग सिफारिस समितिको बैठक आज बस्दै, अझै ३२ प्रश्नमा बयान लिन बाँकी !

महाभियोग सिफारिस समितिको बैठक आज बस्दै, अझै ३२ प्रश्नमा बयान लिन बाँकी !

काठमाडौं- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज बस्दैछ । सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा अपरान्ह १२ः३० बजे सिफारिस समितिको बैठक बस्न लागेको हो । तीन दिनमा जम्मा ११ प्रश्नको जवाफ मागेको छ । 

अझै ३२ प्रश्नमा केन्द्रित रहेर बयान लिन बाँकी रहेको महाअभियोग सिफारिस समितिका सभापति तथा नेपाली कांग्रेसका सांसद रामबहादुर बिष्टले जानकारी दिए । समितिसमक्ष चोलेन्द्रले आफ्नो जवाफ दिइरहेका छन्। महाअभियोग सिफारिस समितिमा ११ सदस्य छन् । 

असोज १ गते हाल कायम प्रतिनिधिसभाको आयु सकिँदैछ । यदि हाल कायम प्रतिनिधिसभाबाट महाअभियोग नटुंगिए निलम्बित प्रधानन्यायाधीश राणा असोज २ गते सर्वोच्च अदालत आउनसक्ने चर्चा चलेको छ ।

प्रतिकृया दिनुहोस्