काठमाडौँ- सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै नेत्रप्रसाद तिम्सिना सहितको कार्यसमिति टिमलाई प्रहरीले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा पस्न रोकेको छ ।
आइतबार सर्वोच्च अदालतको आदेश लगत्तै सरकारले प्रहरीहरू हातहतियारसहित कार्यालय परिसरमा राखेको नेत्र प्रसाद तिम्सिनाको आरोप छ।
सर्वोच्च अदालतले तदर्थ समितिले दिएको रिट उपर फैसला गर्दै शुक्रवार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो ।सर्वोच्च अदालतले सरकारले असार १ गते गरेको निर्णय अनुसार गठित सुदर्शनप्रसाद नेपाल नेतृत्वको तदर्थ समितिलाई कार्यान्वयन नगर्न आदेश दिएको छ ।
सर्वोच्चको आदेश अनुसार तिम्सिनाको तदर्थ समितिलाई कार्यालय छिर्न नदिन सरकारले नै हतियार सहितको प्रहरी तैनाथ गरेको उनको आरोप छ ।
आज तिम्सिना सहितको टिम रेडक्रस पुग्दा प्रहरी तैनाथ थिए । विवाद बढ्दै गएपछि प्रहरीले तिम्सिना सहितको टिमलाई कार्यालय प्रवेश गर्न दिएको छ । अहिले नयाँ टिम र पुरानो टिम बिच वार्ता चलिरहेको छ ।