×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

आइतबार १५८ संक्रमित थपिँदा ३४२ संक्रमणमुक्त

आइतबार १५८ संक्रमित थपिँदा ३४२ संक्रमणमुक्त

काठमाडौँ - आइतबार नेपालमा थप १५८ जना कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको ६ हजार ६०४ पीसीआर र २ हजार ३१४ जनाको एन्टीजेन परीक्षणका क्रममा १५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कुल संक्रमितको संख्या ८ लाख २० हजार ८७८ जना पुगेको मन्त्रालयले जनाएको छ । कुल ३ सय ४२ जना संक्रमित निको हुँदा देशभर निको हुनेको संख्या ८ लाख २ हजार ३ सय ८९ पुगेको छ ।

संक्रमितमध्ये ६ हजार ९६६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । कोरोनाकै कारण २ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५सय २३ पुगेको छ । हाल ९८ जना क्वारेन्टाइनमा छन् भने १७१ जना आइसीयू र ३३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्