×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

जीवनशैली

रुद्राक्षमा अलौकिक शक्ती ,कुन राशिका लागि कति मुखे रूद्राक्ष राम्रो ? जानिराखौं'

रुद्राक्षमा अलौकिक शक्ती ,कुन राशिका लागि कति मुखे रूद्राक्ष राम्रो ? जानिराखौं'

एजेन्सी - धार्मिक आस्थाका रूपमा रहेको रूद्राक्षले अलौकिक शक्ति प्रदान गर्ने विश्वास गरिन्छ । यस्तै, रूद्राक्षलाई आयुर्वेदिक औषधीमा समेत निकै उपयोगी हुने गर्छ । भगवान शिवको कृपा पाउन रुद्राक्षको धारण गरिन्छ ।

शिवको आशुद्धारा उत्पती भएको मानिने रुद्राक्षमा रुद्रको अर्थ शिव र अक्षको अर्थ आशु मानिन्छ ।  रुद्राक्षको धारणले सम्पुर्ण ग्रहको दोष नास हुने धार्मिक मान्यता छ । रुद्राक्षलाई धारण गर्नुपुर्व यसको विधि विधानपुर्वक पुजा गरेर ॐ नमः शिवायको मन्त्र जप गर्नु पर्दछ ।

बिना मन्त्रको जप रुद्राक्ष धारण गरेमा दोष लाग्ने मान्यता रहेको छ । साउनको महिनामा रुद्राक्ष धारण गर्नु अत्यन्त शुभ मानिन्छ । शिवको आर्शिवाद कृपा दिलाउने रुद्राक्षको अलग अलग प्रकार हुने गर्दछ । यसको मुख अनुसार रुद्राक्षको धारणमा अलग अलग लाभ मिल्ने गर्दछ ।

महाशिवरात्रीको दिनमा आफ्नो राशि अनुसार धारणीय रूद्राक्ष धारण गरेमा फलिफाप हुने धार्मिक विश्वास पनि रहेको छ । राशी अनुसार रूद्राक्ष प्रयोग गर्नाले धनको लाभ, परिवारमा सुख शान्ति, व्यापारमा बृद्धी हुने विश्वास गरिन्छ ।

हरेक रुद्राक्षको उत्तिकै महत्व हुन्छ । त्यसैले राशि अनुसार रूद्राक्षको प्रयोग गर्नाले धनप्राप्ति हुनु साथै जीवनमा सुख शान्ति पनि आउने विश्वास गरिन्छ।

जानी राखौ कुन राशीका लागी कुन रुद्राक्ष प्रयोग गर्नु उपयुक्त हुन्छ ?
राशी :      रुद्राक्ष
मेष राशी : तीन मुखी
वृष राशी: छ मुखी
मिथुन राशी : चार मुखी
कर्कट राशी : दो मुखी
सिंह राशी : एक मुखी
कन्या राशी : चार मुखी
तुला राशी : छ मुखी
वृश्चिक राशी : तीन मुखी
धनु राशी : पाँच मुखी
मकर राशी : सात मुखी
कुम्भ राशी : सात मुखी
मीन राशी : पाँच मुखी

प्रतिकृया दिनुहोस्