×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रुपन्देहीमा कुटपिटबाट एक जनाको मृत्यु, पाँच जना पक्राउ

रुपन्देहीमा कुटपिटबाट एक जनाको मृत्यु, पाँच जना पक्राउ

रूपन्देही- गैडहवा गाउँपालिका–१ पश्चिस बगिया बस्ने ३० वर्षीय महेश भरको कुटपिटबाट मृत्यु भएको छ । कुटपिटमा संलग्न रहेको अभियोगमा उनकै बुवा ५४ वर्षीय फौदार भर समेत एकै परिवारका ५ जनालाई मंगलबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । आर्थिक लेनदेनको बिषयलाई लिएर कुटपिट हुँदा महेश भर र निजकी श्रीमती घाइते भएका थिए ।

उनीहरु घाइते भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न पाँचै जनालाई नियन्त्रणमा लिएको हो । कुटपिटबाट घाइते भएका महेशको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको थियो ।  

 

प्रतिकृया दिनुहोस्