×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बलिउड/हलिउड

‘टाइगर ३’ टिम युरोप जाँदै

‘टाइगर ३’ टिम युरोप जाँदै

सलमान खानको चलचित्र ‘टाइगर ३ ‘को छायाङ्कन मार्चमा सुरु भएको थियो । तर कोरोनाको दोस्रो लहरका कारण छायाङ्कन रोक्नुपरेको थियो । अब फेरि टिम छायाङ्कन सुरु गर्न तयार भएको छ । यशराज प्रोडक्सन्सद्वारा निर्माण गरिएको यस स्पाई थ्रिलर चलचित्रको मुख्य दृश्यहरू युरोपमा छायाङ्कन गरिनेछ ।

यसैले चलचित्रको सम्पूर्ण टिमसँग सलमान खान र कट्रिना केफ अगस्टको दोस्रो हप्ता युरोप जानेछन् । सलमानले आगामी दुई महिना ‘टाइगर ३’ को निरन्तर छायाङ्कन गर्नेछन् । लामो समय लोकेसन हन्ट पश्चात् निर्माताले अस्ट्रिया, मोरक्को, टर्की र रसियालाई छायाङ्कनका लागि फाइनल गरेका थिए । यद्यपि छायाङ्कन युएईमा पनि हुने बताइएको छ । टाइगर ३ को विदेश छायाङ्कन ५० दिनभन्दा बढीको हुनेछ ।

सलमान र उनको टिम अगस्ट १२ मा छायाङ्कनमा जानेछन् । जबकि कट्रिना भने उक्त महिनाको अन्त्यमा मात्रै सामेल हुनेछिन् । पहिले सलमानको भाग छायाङ्कन हुनेछ र त्यसपछि अन्य कलाकार जोडिनेछन् । यस चलचित्रमा सलमान-कट्रिनासँगै इमरान हास्मी पनि मुख्य भूमिकामा देखिनेछन् ।

 

प्रतिकृया दिनुहोस्