×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपाल आज पाकिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल्दै

नेपाल आज पाकिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमले आज पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।

पाकिस्तान, फिफाको निलम्बनबाट फुकुवा भएपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्नका लागि नेपाल आएको हो। नेपालले जितको लक्ष्यका साथ खेलमा सहभागी हुने दाबी गरेको छ ।

खेलअघि मंगलबार आयोजित प्रि-म्याचकन्फरेन्समा नेपाली टोलीका प्रशिक्षक प्रवेश कटुवालले छोटो समयमा खेलाडीले राम्रो तयारी गरेकोले जितका लागि खेल्ने दाबी गरेका हुन् ।

नेपाली टोलीका कप्तान रोहित चन्दले टोलीमा लामो समय खेले पनि कप्तानको रूपमा खेल्न पाउनु खुसीको क्षण भएको बताएका छन् ।

प्रतिकृया दिनुहोस्