×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

महिलाविरुद्ध हुने सबै विभेद नियन्त्रण गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

महिलाविरुद्ध हुने सबै विभेद नियन्त्रण गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले महिलाविरुद्ध हुने सबै किसिमका विभेदपूर्ण व्यवहारलाई नियन्त्रण गर्दै महिलाको समग्र उत्थान र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । आज (सोमबार) ‘महिलाको सम्मान, सभ्य समाजको पहिचान’ भन्ने राष्ट्रिय नाराका साथ चौंथो राष्ट्रिय महिला अधिकार दिवस देशभर मनाइँदैछ।

दिवसका अवसरमा आज (सोमबार) शुभकामना दिँदै प्रधानमन्त्री देउवाले महिलाविरूद्ध हुने सबै किसिमका हिंसाजन्य कार्य र शोषणलाई कानुनले दण्डनीय हुने व्यवस्था गरेको उल्लेख गरेका छन् । साथै, उनले राज्यका सबै निकायमा महिलाको समानुपातिक समावेशीतालाई सुनिश्चित भएको समेत बताएका छन् । प्रधानमन्त्री देउवाले दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, महिला अधिकारकर्मीलगायत महिला हक, अधिकारको संरक्षण र प्रवर्द्धन क्षेत्रमा कार्य गर्ने सम्पूर्ण व्यक्ति तथा सङ्घसंस्थामा शुभकामना व्यक्त गरेका छन् ।

 

प्रतिकृया दिनुहोस्