×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

गठबन्धनमा किचलो, कांग्रेसको प्रस्ताव अरु दलबाट ठाडै अस्विकार

गठबन्धनमा किचलो, कांग्रेसको प्रस्ताव अरु दलबाट ठाडै अस्विकार

आसन्न स्थानिय तहको निर्वाचनमा गठबन्धन गरेर नेकपा एमालेलाई हराउँने भन्दै हिँडेका दलहरु भित्रै किचलो देखिएको छ । सैद्धान्तीक रुपमा गठबन्धन गर्न सहमत भए पनि व्यवहारिक रुपमा भागबण्डा गर्न उनीहरुलाई कठिनाइ भएको देखिएको छ ।

चुनावको मिति नजिक आइसकेको र उमेदवारको अन्तिम टुंगो लगाउँन हतारो भएको अवस्थामा गठबन्धन आवद्ध दलहरुकोबीचमा भागबण्डाको मोडालिटीमा नै सहमती हुन सकेको छैन । पार्टी भित्रै आन्तरिक किचलोमा गुज्रीएको नेपाली कांग्रेसको नयाँ प्रस्तावले अन्य दलहरु सशंकित बनेका छन् ।

सत्ता गठबन्धनमा आबद्ध दलबीच स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भए पनि सिट बाँडफाँटमा विमति देखिएको छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले पार्टीको हैसियत अनुसार सिट बाँडफाँट गर्नुपर्ने सर्त अघि सारेसँगै गठबन्धनमा आबद्ध चार दलले विमति जनाएका हुन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा बुधबार बसेको निर्वाचन अनुगमन तथा तयारी समितिको पहिलो बैठकमा पाँच दलले सिट बाँडफाँटको मापदण्डबारे फरक-फरक प्रस्ताव अघि सारेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुले आफू अनुकूल तालमेल प्रस्ताव अघि सारेका छन् ।

सत्ता गठबन्धनको ठूलो दल कांग्रेसले गत निर्वाचनमा प्रमुख जसले जहाँ जितेको छ, उसले लिने र एमालेसहित अन्य दलले जितेको ठाउँमा दोस्रो धेरै मत पाएको दलले प्रमुख, तेस्रो धेरै मत पाउनेले उपप्रमुख लिने प्रस्ताव अघि सारेको छ । उक्त प्रस्ताव माओवादीसहित अन्य दलले स्वीकार नगर्ने चेतावनी दिन शुरू गरेका छन् । आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्