×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

हिमालय श्रेष्ठ अख्तियारमै यथावत, ओमबहादुर रानालाई उपत्यका प्रहरीमा जिम्मेवारी

हिमालय श्रेष्ठ अख्तियारमै यथावत, ओमबहादुर रानालाई उपत्यका प्रहरीमा जिम्मेवारी

काठमाडौ-  प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरूको सरुवा तथा पदस्थापनका सम्बन्धमा सामाजिक सञ्जाल र अनलाइन माध्यमहरूमा विभिन्न चर्चा चलिरहेको सन्दर्भमा नेपाल प्रहरी प्रधान कार्यालयले यसबारे आधिकारिक धारणा सार्वजनिक गरेको छ।


नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालद्वारा जारी विज्ञप्तिअनुसार, हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डीआईजी श्री हिमालय कुमार श्रेष्ठलाई साविककै दरबन्दी अर्थात् अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा यथावत रहने गरी निर्णय भएको छ।


त्यस्तै, प्रहरी नायव महानिरीक्षक श्री ओम बहादुर रानालाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा कामकाज गर्ने गरी खटाइएको प्रहरीले जनाएको छ।


प्रहरी महानिरीक्षकको सचिवालयबाट जारी विज्ञप्तिमा विभिन्न अनलाइन तथा सामाजिक सञ्जालमा फैलिएका भ्रामक समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै यथार्थ विवरण प्रस्ट्याइएको हो। विज्ञप्तिमा भनिएको छ, “यस सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयको ध्यानाकर्षण भएको छ,” र सोहीअनुसार वास्तविक विवरण सार्वजनिक गरिएको हो।


उक्त सूचना नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्री रमेश थापाद्वारा हस्ताक्षरित छ।

प्रतिकृया दिनुहोस्