×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बाजुरामा गाडी दुर्घटना हुँदा टेलिकम प्रमुखसहित तीन जनाको मृत्यु, दुई घाइते

बाजुरामा गाडी दुर्घटना हुँदा टेलिकम प्रमुखसहित तीन जनाको मृत्यु, दुई घाइते

काठमाडौं - बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका–२, काँडाकोटमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।


नेपाल टेलिकम बाजुरा कार्यालयको बा.५ च २२०९ नम्बरको जिप सडकबाट करिब ८० मिटर तल खसेर दुर्घटना भएको हो ।


सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेक जोराका अनुसार दुर्घटनामा परी नेपाल टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का, जिप चालक नन्दराम महता र जिपमा सवार रवीन्द्र धामीको मृत्यु भएको छ । उनीहरु तीनैजनाको घटनास्थलमै मृत्यु भएको डीएसपी जोराले जानकारी दिनुभयो ।


दुर्घटनामा परी जिपमा सवार नन्दराम तिरुवा र लोकेन्द्र तिरुवा घाइते भएका छन् ।


बाजुराका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार, उक्त जिप बाजुरा सदरमुकाम मार्तडीबाट नेपाल टेलिकमको टावर मर्मतका लागि जगन्नाथ गाउँपालिकातर्फ जाँदै गर्दा काँडाकोटमा दुर्घटनामा परेको हो ।

प्रतिकृया दिनुहोस्