×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रहरी नै डेढ किलो चरेशसहित पक्राउ

प्रहरी नै डेढ किलो चरेशसहित पक्राउ

धनगढी- सशस्त्र प्रहरी बलमा कार्यरत एक जवान लागूऔषध चरेससहित पक्राउ परेका छन् । सोमबार कैलाली प्रहरीले सशस्त्र प्रहरी गण बनबेहडामा कार्यरत गणेश प्रसाद जोशीलाई पक्राउ गरेको हो । 

बझाङ स्थायी घर भएका उनी लागूऔषध कारोबारमा संलग्न रहेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । धनगढीको भन्सार रोडमा रहेको सिटी होटलबाट उनी पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्