×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

गगनसगँ भेटेपछि गोपालमान पनि विशेष महाधिवेशनको पक्षमा

गगनसगँ भेटेपछि  गोपालमान पनि विशेष महाधिवेशनको पक्षमा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ पनि विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । शनिबार आफ्नै निवासमा भेट्न आएका महामन्त्री गगनकुमार थापासँगको छलफलपछि आफू सभापति शेरबहादुर देउवाको समूह छोड्ने निष्कर्षमा पुगेको बताए ।

‘म अब विशेष महाधिवेशनको पक्षमा खुल्ने होइन पुरै लाग्ने हो,’ उनले भने, ‘मैले १४औं महाधिवेशनमा प्रस्तावक बनेर गल्ती गरेछु । उहाँ तानाशाह बन्नुभयो । मनपरी गर्नुभयो ।’ उनले सभापति शेरबहादुर देउवा कार्यवाहक सभापति दिएर सिंगापुर गएर फर्किएपछि पूरै अधिकार लिएको भन्दै आपत्ति जनाए । उनले आफूले देउवालाई संकटमा साथ दिएको पनि बताए ।

‘सिंगापुर जानुअघि कार्यवाहक दिएँ भन्नुभयो । आएपछि अधिकार सबै लिनुभयो । आफ्नो अर्काको चिन्नुभएन । संकटमा साथ दिएकाको साथ छोड्नुभयो,’ उनले भने, ‘अब विशेष महाधिवेशन सफल गर्न मेरो पूरै सहयोग हुन्छ । आज गगन मेरै निवास (कुलेश्वर आवास क्षेत्र) मा आउनु भएको थियो । विश्वसँग फोनमा कुरा गरेँ । सहयोग गर्ने निर्णय गरेँ ।’

कांग्रेसमा गोपालमानसहित ७ भाइ सभापति देउवाको पक्षमा खुलेका थिए । सात भाइहरूमा गोपालमानसहित कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, डा शशांक कोइराला, प्रकाशमान सिंह, विजय गच्छदार र प्रकाशशरण महत छन् । गोपालमानबाहेक अन्य नेता भने अहिले पनि विशेष महाधिवेशनको विपक्षमा छन् ।

प्रतिकृया दिनुहोस्