×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

सिनेमा

वैशाखबाट फ्लोरमा निस्कँदै ‘हात्तीछाप’ फिल्म

वैशाखबाट फ्लोरमा निस्कँदै ‘हात्तीछाप’  फिल्म

काठमाडौँ- किरण नेपाली निर्माता रहेको फिल्म ‘हात्तीछाप’ को छायांकन वैशाखबाट सुरु हुने भएको छ । 

निर्माता किरण नेपालीले फिल्मको छायांकन वैशाखको अन्तिम साताबाट सुरु हुने बताए । ‘अहिले हामी छायांकन पूर्वको तयारीमा छौ’, नेपालीले भने, ‘सम्पूर्ण तयारी सकाएर छिट्टै छायांकनमा जान्छौ ।’

यसैबिच, छायांकन अगाडि फिल्मको ओभरसिज राइट्स विक्री भएको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार यो फिल्मको मिडिल इष्ट देशहरुको अधिकार विक्री भएको छ । नेप फिल्मले यो फिल्मको सम्पूर्ण अधिकार खरिद गरेको हो । 

नेप फिल्मका प्रमुख रमेश ढकालले मिडिल इष्ट देशमा फिल्मको प्रदर्शन अधिकार राम्रो रकममा खरिद गरेको निर्माताले बताए ।

निर्माता किरण नेपालीले छायांकन अगाडि नै फिल्मको ओभरसिज अधिकार विक्री गरिसक्ने योजना आफ्नो रहेको उनको धारणा रहेको छ । 

प्रतिकृया दिनुहोस्