×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

महाबौद्धस्थित कपडा पसलमा आगलागी,करोडौंको क्षति

महाबौद्धस्थित कपडा पसलमा आगलागी,करोडौंको क्षति

काठमाडौं-काठमाडौँ महानगरपालिका–२७ महाबौद्ध वटु गुच्चाटोलस्थित कपडा पसलमा आज आगलागी हुँदा कपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

ओखलढुङगा चम्पादेवी गाउँपालिका–६ घर भई काठमाडौँ–२९ घट्टेकुलो बस्ने शम्भु न्यौपानेको फुलबारी ईम्पोरियम कपडा पसलको गोदाममा विद्युत् सर्ट भई आज दिउँसो करिब ३ बजेर तिर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अनिल अधिकारीले जानकारी दिए ।

आगलागीबाट करिब रु एक करोड बराबरका कपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्