काठमाडौँ- सर्वोच्च अदालतले रवि लामिछानेलाई नेपाली नागरिक नरहेको ठहरसहित सांसद पद खारेज हुने फैसला सुनाएपछि उनको उपप्रधानमन्त्री तथा गृहमन्त्री पदसमेत खारेज भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पपा)का सभापति समेत रहेका लामिछाने चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।