×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपालमा पहिलोपटक विनाअप्रेसन मुटुको भल्ब प्रत्यारोपण

नेपालमा पहिलोपटक विनाअप्रेसन मुटुको भल्ब प्रत्यारोपण

काठमाडौँ- नेपालमा पहिलोपटक विनाअप्रेसन मुटुको भल्बको सफल प्रत्यारोपण भएको छ । सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले ट्रान्सक्याथर इरोटिक भल्ब इम्प्लामेन्टेसन (टिएभिआई) विधिबाट ८० वर्षीया महिलाको मुटुको भल्ब फेरेको हो ।

टिएभिआई उपचार पद्धतिमा तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमको तार अर्थात् क्याथरेटरद्वारा मानवनिर्मित भल्ब मुटुभित्र छिराएर रोग भएको एओर्टिक भल्बको स्थानमा प्रत्यारोपण गरिन्छ ।

अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले भारतका मुटुरोग विशेषज्ञ डा. शाही सतिश नेतृत्वमा अस्पतालको टिमले १६ फागुनमा (सोमबार) सफल प्रत्यारोपण गरेको र महिलालाई तीन दिनमै निको भएर शुक्रबार डिस्चार्ज गरिएको बताए । बिरामीलाई बेहोस पारी छाती चिरेर शल्यक्रिया गर्नुनपर्ने भएकाले यो पद्धतिमा जटिलताहरू पनि कम हुने र बिरामी चाँडै निको हुने उनले बताए । –नयाँ पत्रिकाबाट

प्रतिकृया दिनुहोस्