×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

गल्कोट स्पोर्ट्स क्लब जापानद्वारा भलिबल प्रतियोगिता सम्पन्न,खेलाडीहरुलाई पुरस्कार बितरण

गल्कोट स्पोर्ट्स क्लब जापानद्वारा  भलिबल प्रतियोगिता सम्पन्न,खेलाडीहरुलाई पुरस्कार बितरण

टोकियो । गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानले सिल्भर रनिङ कप पुरुष भलिबल तथा खुल्ला महिला भलिबल प्रतियोगिता २०२६ सम्पन्न गरेको छ । क्लबको ११ औ बार्षिकोत्सव तथा नेपाली नया बर्ष २०८३ को अवसर पारेर  “स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकूद” भन्ने नारा सहित  प्रतियोगिताको आयोजना गरेको थियो ।   

नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेर पनि संरक्षण प्रवर्द्धन र खेलाडी र खेलको विकासमा टेवा पुर्याउने उदेश्यले मे ७ बिहिवार चिवाको याहोस एरेना स्टेडियममा भएको प्रतियोगितामा पुरुष तर्फ ८ टीम र महिला तर्फ ५ टीमको सहभागिता रहेको थियो। क्लबका अध्यक्ष रमेशकुमार खत्रीले दिएको जानकारी अनुसार अहिलेसम्म धेरै महिला र पुरुष खेल प्रेमीहरु र बिभीन्न सघंसस्थाका प्रतीनिधी हरुको बाक्लो उपस्थीती रहेको थियो । उक्त प्रतियोगितामा सहभागी पुरुष भलिबल तर्फ गल्कोट स्पोर्टस् क्लव टोकियो जापान,गल्कोट समाज जापान,पिरो स्पोर्टस् क्लव,बाग्लुङ समाज जापान ,ताराखोला फ्रेण्डस् सर्कल,चिवा गाईज ,घुम्टे युवा परिवार र नारिता भलिवल ग्रुप को कडा प्रतिस्पर्धा रहेको थियो । प्रतियोगितामा घुम्टे युवा परिवार प्रथम,पिरो स्पोर्टस् क्लव द्धितिय, गल्कोट समाज जापान र चिवा गाईज  भलिबल टीमले सात्वना स्थान प्राप्त गरि क्रमश ३,३३,३३३ ,२,२२,२२२,६१,१११ ऐन सहित सिल्भर कप,ट्रफी, मेडल र प्रमाणपत्र वाट पुरस्कृत गरिएको थियो ।

महिला भलिबल प्रतियोगिता तर्फ एनवाईएससी जापान,पुन क्लव जापान,मोना जापान,बुकी रेष्टुरेण्ट,घुम्टे युवा परिवार जापान मध्यबाट खुल्ला महिला भलिबल प्रतियोगितामा प्रथम हुन सफल एनवाईएससी ले १,११,१११ येन सहित ट्रफी, मेडल र प्रमाणपत्र तथा द्वितीय हुन सफल मोना जापान ले  ६६,६६६ येनसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।
यसैगरी आयोजकले बिभीन्न बिधागत रुपमा उत्कृस्ट खेलाडीहरुलाई पुरस्कार बितरण समेत गरेको थियो जसमध्ये पुरुष तर्फ बेस्ट सेटर ( मिन सुनार पिरो स्पोर्टस्, बेष्ट ब्लकरस् तोरण चन्द ठकुरी घुम्टे युवा परिवार, उत्कृष्ट सर्भर अशोक सुनार पिरो स्पोर्टस्, बेस्ट आउट साइड हिटर अनमोल खत्री पिरो स्पोर्ट्स, बेस्ट अपोजिट हिटर मिलन क्षेत्री पिरो स्पोर्ट्स,बेस्ट लिबेरो योगेश राई पिरो स्पोर्ट्स, उत्कृष्ट प्रशिक्षक दीपक कार्की घुम्टे युवा परिवार,उत्कृष्ट खेलाडी रवि केसी घुम्टे यूवा परिवारलाइ पुरस्कृत गरकाे थियाे । 

त्यसै गरी महिला तर्फ उत्कृष्ट खेलाडी शान्ती महतो एनवाईएस सी जापान, बेस्ट आउटसाइड हिटर सस्मि पुन मोना जापान,उत्कृष्ट प्रशिक्षक बसन्त थापा एनवाईएससी जापान  हुन सफल भएका थिए। कार्यक्रम गल्कोट स्पोर्टस क्लव टोकियो जापानका अध्यक्ष रमेश कुमार खत्रीको अध्यक्षतामा गल्कोट समाज जापानका का,वा अध्यक्ष लोकेश खत्रीको प्रमुख आतिथ्यतामा महासचिव नारायण थापा र उपाध्यक्ष दिनेश थापा ले संचालनमा गरेका थिए । 

कार्यक्रमको मुख्य प्रायोजक गल्कोट समाज जापान ले गरेको थियो । हरेक बर्ष गर्दै आएको बिशेष सम्मान सामाजिक ब्यक्ति बिशेषमा एनआरएनए  जापानका निवर्तमान अध्यक्ष नविन निउरे र खेलाडी तर्फ भलिबल खेलाडी देवेन्द्र खत्रीलाई सम्मान गरिएको थियो भने ब्यक्तिगत जापान भ्रमणमा रहनु भएका भलिबल खेलाडि तथा नरेठाटी युवा क्लवका अध्यक्ष सुवेदार पूर्ण बहादुर कार्कीलाई समेत बिशेष सम्मान गरिएको थियो ।


कार्यक्रम लाई आर्र्थीक नैतीक र भौतीक रुपमा सहयोग गर्नुहुने सम्पुर्ण सहित हल मा उपस्थितीहुनुभयका सम्पुर्ण लाई लाई हार्दीक  आभार सहित धन्यबाद कल्बका महासचिब नारायण थापाले ब्यक्त गर्नुभयो

प्रतिकृया दिनुहोस्