×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चीनद्वारा पूर्वराष्ट्रपति भण्डारीको उच्च सम्मान, सम्बन्धमा नयाँ आयाम : मन्त्री भण्डारी

चीनद्वारा पूर्वराष्ट्रपति भण्डारीको उच्च सम्मान, सम्बन्धमा नयाँ आयाम : मन्त्री भण्डारी

काठमाडौं - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा चीन भ्रमणमा गएको टोलीलाई चीन सरकारले उच्चस्तरीय सम्मान प्रदान गरेको बताउनुभएको छ।


शनिबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री भण्डारीले यो भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो।


उहाँले भन्नुभयो, "दुई देशबीचको आपसी सम्बन्धलाई बलियो बनाउने र नेपालका प्रमुख दलहरूबीच भएको सहकार्यले राजनीतिक स्थायित्व दिने विश्वासप्रति चिनियाँ पक्षले खुशी व्यक्त गरेको छ।"


भ्रमणका क्रममा नेकपा (एमाले)का तर्फबाट विदेश विभाग प्रमुख रघुवीर महासेठ र सरकारको तर्फबाट मन्त्रीको रूपमा आफूले पनि विभिन्न संवादहरूमा भाग लिएको उहाँले जानकारी दिनुभयो।
पूर्वराष्ट्रपति भण्डारी नेतृत्वको टोली गत जेठ १० गते चीनको बेइजिङ प्रस्थान गरेको थियो र आज स्वदेश फर्किएको हो।

प्रतिकृया दिनुहोस्