×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

कोरोना अपडेट : १ हजार ८७५ कोरोना संक्रमित थपिए, थप २१ को मृत्यु

कोरोना अपडेट : १ हजार ८७५ कोरोना संक्रमित थपिए, थप २१ को मृत्यु

नेपालमा शनिबार थप १ हजार ८ सय ७५ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ८ सय ५८ पीसीआर परिक्षणका क्रममा १ हजार ३ सय १० र ३ हजार २ सय ८ एन्टीजेन परिक्षणका क्रममा ५६५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख १४ हजार २४८ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप २१ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ५ सय २७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप २ हजार १ सय ६४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ३० हजार ४०७ संक्रमित निको भएका छन् ।

प्रतिकृया दिनुहोस्