×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

रोचक

बिहेकै दिन दुलहीले छोरा जन्माएपछि…

बिहेकै दिन दुलहीले छोरा जन्माएपछि…

एजेन्सी- बिवाहकै दिन दुलहीले बच्चा जन्माएपछि विवाह नै रद्ध गर्नुपरेको छ । यो घटना हो स्कटल्याण्डको स्टर्लिङ्शायरको । यहाँ दुलहीले विवाहकै दिन नै बच्चालाई जन्म दिएपछि निकै हंगामा भएको र दुवै जोडीले निकै दुःख खेप्नुपरेको थियो । यो घटनापछि विवाहमा उपस्थित सबै पाहुना पनि फर्किनु परेको थियो ।

समाचार ऐजेन्सीका अनुसार बेहुली पहिले नै गर्भवती रहेको र बच्चा जन्माउने समय एकमहिना रहेको थियो । तर, विवाहको दिनमै उनलाई व्यथाले च्यापेपछि विवाह नै रद्द गरेर तत्काल अस्पताल लैजानु परेको थियो । जहाँ उनले बच्चालाई जन्म दिइन् । उनीहरुले शिशुको नाम रोरी इयान विलियम चिथम राखेका छन् ।

रेबेका म्याकमिलन र निक चिथम नामका ती जोडीले बिवाहकै दिन छोरा जन्माएर सबैलाई अचम्म पारिदिएका छन् । दुलही रेबेकाले आफ्नो विवाहलाई यादगार बनाउन चाहेको बताएकी छिन् ।

उनीहरु दुवैजनाले पाँचवर्षसम्म एकअर्कालाई डेट गरेका थिए । जब युवतीले बच्चा जन्माउने समय आयो तब उनीहरुले विवाह गर्ने निर्णय गरे । ‘हामी विवाहको मिति लम्ब्याउन चाहन्थ्यौं, तर कोरोना महामारीपछि जीवन निकै छोटो र अप्रत्याशित छ भन्ने महसुस भयो ।’ दुलही रेबेकाले भनिन् ।

विवाहको दिन सन्तान जन्मिएपछि दम्पतीले ठूलो घाटा बेहोर्नुपरेको थियो । ‘द मिरर’ मा प्रकाशित रिपोर्टका अनुसार विवाह रद्द भएपछि उनीहरुले १२ लाख रुपैयाँको घाटा बेहोरेका छन् ।

प्रतिकृया दिनुहोस्