×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

नेप्से २३ अकंले बढ्यो, कारोबार रकम पौने ५ अर्ब

नेप्से २३ अकंले बढ्यो, कारोबार रकम पौने ५ अर्ब

साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) २३.७६ अंकले बढेको छ ।

यस दिन कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक ०.८५ प्रतिशतले बढेर २८२४.९० बिन्दुमा समेटिएको छ । सेन्सेटिभ परिसूचक ४.४१ अंकले बढेर ५२९.६६ बिन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका १३ ओटा उपसमूहमध्ये ११ उपसमुहका सूचक बढेको छ भने अन्य दुई वटा उपसमूहहरू घटेका छन् ।

यस दिन २ सय २२ कम्पनीका १ करोड ३१ लाख ४३ हजार २ सय ४० कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ८१ करोड ५५ लाख २० हजार २ सय ९४ रूपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, यस दिन गुहेश्वरी मर्चेण्ट बैंकिग एण्ड फाइनान्सको सेयर मूल्य साढे ९ प्रतिशतले बढेको छ । राष्ट्रिय बिमा कम्पनी लिमिटेडको सेयर मूल्य ६ प्रतिशतले बढेको छ ।

प्रतिकृया दिनुहोस्