×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काभ्रेमा पहिरोले घर पुरिँदा दुईको ज्यान गयो,एकजना घाइते

काभ्रेमा पहिरोले घर पुरिँदा दुईको ज्यान गयो,एकजना घाइते

काठमाडौं - काभ्रेको बेथानचोक गाउँपालिका ४ चलाल गणेस्थानस्थित ढुङ्गा खानीमा पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको ज्यान गएको छ ।  एक जना घाइते भएका छन् ।

बिहान साढे ३ बजे घरमाथिको  खानीबाट खसेको पहिरोले घर पुरिँदा ४४ वर्षका निरबहादुर तामाङ र ४० वर्षकी सावित्री तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक डीएसपी अञ्जना श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार ६५ वर्षकी ठूलीमाया तामाङ घाइते हुनुभएको छ । उहाँको उद्धार गरी उपचारका लागि बनेपा लगिएको छ । पहिरोमा परेका तीनै जना एकै परिवारका भनिए पनि साइनो खुलेको छैन।

प्रतिकृया दिनुहोस्