×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रेल्वे कम्पनीको महाप्रबन्धकमा माधव नेपालनिकट निरन्जन झा नियुक्त

रेल्वे कम्पनीको महाप्रबन्धकमा माधव नेपालनिकट निरन्जन झा नियुक्त

नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धकमा निरञ्जन झा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेकपा एमाले समाजवादीका नेता झालाई नेपाल महाप्रबन्धक पदमा नियुक्त गरेको हो । सप्तरी निवासी झा माधव कुमार नेपाल निकट हुन् ।

केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गरेको माधव नेपाल समूहले धमाधम नियुक्ति पाउन थालेको छ । यस्तै बिहीबार नै बागमती प्रदेशको प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर माधव नेपालको सचिवालयमा काम गरेका यादव शर्मालाई नियुक्त गरेको थियो ।

 

 
 

प्रतिकृया दिनुहोस्