×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राप्रपा चितवनले प्रधानमन्त्रीलाई पठायो १९ बुँदे माग

राप्रपा चितवनले प्रधानमन्त्रीलाई पठायो १९ बुँदे माग

भरतपुर- राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले सरकारकासँग १९ बुँदे मागहरु बुझाएको छ । प्रधानमन्त्रीको कार्यालयमा  पठाउन चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ मार्फत ज्ञापनपत्र बुझाएको हो । जिल्ला अध्यक्ष रुद्र ढकालले ज्ञापनपत्र बुझाउँदै मागहरु तत्काल सम्बोधन हुनुपर्ने बताउनुभयो । 

तत्काल किसानलाई मल, बीउ उपलब्ध गराउनुपर्ने, महंगी तथा कालोबजारी नियन्त्रण गर्न प्रभावकारी संरचना र नीति बनाउनुपर्ने, भ्रष्टाचार नियन्त्रण हुनुपर्ने, इम्बोस्ट नम्बर प्लेट खारेज गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । यस्तै शिक्षा, स्वास्थ्य निःशुल्क गर्नुपर्ने, हिन्दुराष्ट घोषणा गर्नुपर्ने,  प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने, संघीयताको प्रादेशिक तह खारेज हुनुपर्ने, संसदको निर्वाचन पूर्ण समानुपातिक बनाउनुपर्ने, बेरोजगारी समस्या समाधान गर्न अल्पकालिन र दीर्घकालिन कार्ययोजना कार्यान्वयन गर्नुपर्ने उल्लेख छ ।

यस्तै भूमीहिन तथा घरबार विहिन सुकुम्बासी समस्याको स्थायी समाधान हुनुपर्ने, पुस २७ गतेलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको रुपमा सार्वजनिक विदा दिनुपर्ने, सबैप्रकारका हिंसा, विभेद अन्त्य गर्न सशक्त कदम चाल्नुपर्ने लगायतका मागहरु राखिएको छ । पार्टी कार्यालय रहेको भरतपुर स्थित रिजाल चोकदेखि हाकिमचोकहुदै प्लेकार्ड सहित ¥याली जिल्ला प्रशासन कार्यालय पुगेको थियो । 

कार्यक्रममा केन्द्रीय सदस्य मिना न्यौपाने, सिमा घतान विश्वकर्मा, पूर्व केन्द्रीय सदस्य रामहरी कँडेल लगायतको सहभागिता रहेको थियो । राप्रपा चितवनका उपाध्यक्ष जीवलाल पुरीले  जनताले दिनहुँ भोग्नुपरेका समस्या समाधान गर्न राज्यको ध्यानाकर्षण गराइएको बताउनुभयो । राप्रपाले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । 
 

प्रतिकृया दिनुहोस्