काठमाण्डौं- अमेरिकाले अमेरिकी सहायता परियोजना नेपाल सरकार र नेपाली जनाताको अनुरोधमा नेपालको गरिबी घटाउन र नेपालको अर्थतन्त्र विकास गर्न डिजाइन गरिएको बताएको छ । काठमाडौँस्थित अमेरिकी दूतावासले शनिबार एक विज्ञप्ति जारी गर्दै एमसीसीबारे नेपालले सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक राष्ट्रका रूपमा निर्णय गर्न सक्ने बताएको छ ।
एमसीसी अनुमोदनलाई लिएर नेपालमा राजनीतिक ध्रुवीकरण तीव्र बनिरहेका बेला अमेरिकी धारणा सार्वजनिक भएको हो । अमेरिकाले एमसीसीबारे नेपाललेमात्रै निर्णय गर्न सक्ने बताएको छ । उसले भनेको छ, ‘नेपाली नेताहरूले एमसीसीलाई अनुमोदन गर्ने वा सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक राष्ट्रका रूपमा नेपालले गर्ने निर्णय र नेपालले मात्रै गर्ने निर्णय हो ।’
अमेरिकाले नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएको यो वर्ष ७५ वर्ष पुगेको भन्दै यो बीचमा नेपालले धेरै ठूला परिवर्तन देखेको बताएको छ । उसले भनेको छ, ‘यो वर्ष नेपाल र अमेरिकाबीचको सम्बन्धको ७५ औं वर्ष हो । यी ७५ वर्षमा नेपालले ठूलो परिवर्तन देखेको छ । यी परिवर्तनहरूमा हामी नेपालको साथमा उभिएका छौं र देशलाई विकास सहायता, विपद् प्रतिकार्य र पूर्वतयारी सहायता, स्वास्थ्य र शिक्षा कार्यक्रमहरू, र थप सहयोग गरेका छौं ।’
के छ विज्ञप्तिमा ?
यो वर्ष नेपाल र अमेरिकाबीचको सम्बन्धको ७५ औं वर्ष हो । यी ७५ वर्षमा नेपालले ठूलो परिवर्तन देखेको छ । यी परिवर्तनहरूमा हामी नेपालको साथमा उभिएका छौं र देशलाई विकास सहायता, विपद् प्रतिकार्य र पूर्वतयारी सहायता, स्वास्थ्य र शिक्षा कार्यक्रमहरू, र थप सहयोग गरेका छौं। नेपाली नेताहरूले एमसीसीलाई अनुमोदन गर्ने वा सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक राष्ट्रका रूपमा नेपालले गर्ने निर्णय र नेपालले मात्रै गर्ने निर्णय हो।
यो ५०० मिलियन डलर मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० अनुदान अमेरिकी जनताको उपहार हो र हाम्रा राष्ट्रहरूबीचको साझेदारीले नेपालमा रोजगारी र पूर्वाधार ल्याउने र नेपालीहरूको जीवनस्तरमा सुधार ल्याउनेछ । यो परियोजना नेपाल सरकार र नेपाली जनताको अनुरोध थियो र पारदर्शी रूपमा गरिबी घटाउन र नेपालको अर्थतन्त्रको विकास गर्न डिजाइन गरिएको थियो ।