काठमाडाैँ - नेपाल सरकारले जापानमा पनि नेपाली पर्यटनको विकाश एवम् प्रवद्र्धनका लागि पर्यटन दूत नियुक्त गरेको छ । पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तरर्गतको नेपाल पर्यटन बोर्डले आज(शुक्रवार) राजनकुमार पौडेललाई पर्यटन दुतमा नियुक्त गरेको हो । स्याङ्जामा जन्मनुभएका पौडेलले विद्यावारिधि गर्दै हुनुहुन्छ ।
कामकै सिलसिलामा जाइकाको आउटसोर्सिङ कम्पनिहरुको बिबिध प्रोजेक्टहरुमा पनि उहाँले प्रोजेक्ट को–अर्डिनेटरका रुपमा संसारका बिभिन्न देशहरुमा काम गरिसक्नु भएको छ । कुनै समय रेडियो प्रस्तोता, टेलिभिजनका कार्यक्रम संचालक समेत हुनुहुन्थ्यो ।
जापान सरकारको अध्यागमन बिभाग, प्रहरी प्रशासन, परराष्ट्र, रक्षा, सँस्कृती तथा पर्यटन मन्त्रालयका बिबिध परियोजनाहरुमा समेत काम गरेको उहाँको अनुभब छ । दूतको मुख्य काम जापनमा नेपाली पर्यटनको विकास र विस्तारका लागि पहल गर्ने हुनेछ । उहाँको कार्यअवधि दुई वर्षको रहने छ । यसअघि नेपाल सरकारले अमेरिका, यूरोपमा समेत पर्यटन दुत नियुक्त गरेको थियो ।