×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

त्रिवि एमबीएस प्रश्नपत्र चुहावट प्रकरण: थप दुई जना पक्राउ

त्रिवि एमबीएस प्रश्नपत्र चुहावट प्रकरण: थप दुई जना पक्राउ

काठमाडौं - त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र चुहावट प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शिक्षा ऐन, २०२८ अन्तर्गत प्रश्नपत्रको गोपनीयता भंग गरेको कसूरमा रौतहटका २५ वर्षीय अतुल कुमार मिश्रलाई काठमाडौँको ताहाचलबाट र बाराका ३१ वर्षीय अब्दुल सानि हाकिमलाई वीरगञ्जबाट नियन्त्रणमा लिएको हो।

गत साउन ८ गते व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सेमेस्टरको 'MGT 515: Organizational Behavior' विषयको प्रश्नपत्र विभिन्न ह्वाट्सएप समूहमा सार्वजनिक भएपछि सीआईबीले अनुसन्धान तीव्र बनाएको थियो। पक्राउ परेका दुवै जनामाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको र घटनामा अन्य व्यक्तिहरूको संलग्नताबारे पनि खोजतलास जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्