×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

दैलेखमा चट्याङ लागेर १५ जना घाइते

दैलेखमा चट्याङ लागेर १५ जना घाइते

दैलेख- दैलेखमा चट्याङ लागेर १५ जना घाइते भएका छन् । आइतबार बेलुका डुंगेश्वर गाउँपालिका-२ सेर्माकोटस्थित रमेश सिंहको घरमा चट्याङ लागेको थियो ।

घरमा खाजा खाने क्रममा बारीमा कोदो गोड्न सहयोग गर्न गएकाहरू घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल, दैलेख लगिएको छ । चट्याङबाट गाउँका चार वटा घरमा क्षति पुगेको छ भने एक गाई र एक खसी मरेका छन् । घाइतेमध्ये पाँच जना गम्भीर भएको र अरू सामान्य भएको प्रहरीले जनाएको छ ।

दैलेख डुंगेश्वर गाउँपालिका-२ का ३५ वर्षीय इन्द्र सिंह, ६० वर्षीया शुशीला खड्का, ४० वर्षीया चन्द्रा सिंह, २८ वर्षीया चन्द्रा सिंह र १६ वर्षीया पूजा खड्का गम्भीर घाइते भएका छन् ।

सोही ठाउँका ३६ वर्षीया सिता खड्का, २२ वर्षीया मिना खड्का, २२ वर्षीया दिलकुमारी खड्का, २० वर्षीया बिना वली, ४५ वर्षीया नर्मा खड्का, ११ वर्षीया दुर्गा खड्का, १० वर्षीया सन्ध्या खड्का, २१ वर्षीया सिता सिंह, १६ वर्षीया बसन्ती सिंह र ४३ वर्षीय सम्मान गाहा सामान्य घाइते भएका हुन् ।

प्रतिकृया दिनुहोस्