×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश

वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश

काठमाडौँ- विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रविन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गर्नुभएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमबीच राप्रपा प्रवेश गर्नुभएको हो । पार्टी प्रवेश कार्यक्रममा व्राह्मण बटुकहरुले स्वस्तिवाचन र शंखघोषसहित पार्टी प्रवेश गर्नुभएको हो ।

राप्रपा र रविन्द्र मिश्र समूहबीच एकता भएको हो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश गर्नुभएको हो ।यसअघि सोमवार मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिनुभएको थियो । मिश्र काठमाडौं–१ बाट चुनावी प्रतिष्पर्धाको तयारीमा हुनुहुन्छ । 

प्रतिकृया दिनुहोस्