×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

रोचक

एउटै विरालोको दाम २५ लाख

एउटै विरालोको दाम २५ लाख

एजेन्सी- विश्वकै महंगो र दुर्लभ घरपालुवा विरालोको मूल्य २३ लाख रूपैयाँभन्दा बढी पर्दछ । विश्वमा यस्ता बिरालो मात्र ३० वटा मात्र छन् । जंगली काराकाल र एब्सिनियन प्रजातिका बिरालोलाई क्रस ब्रिड गरेर यो विरालो तयार गरिन्छ । यसलाई काराक्याट नाम दिइएको छ । जंगली काराकाल प्रजातिको बिरालोलाई धेरै अघि देखि नै सौखको रूपमा पालिँदै आएको हो । यसको सुन्दरताको लागि यसलाई राजा महाराजाहरूले पाल्ने गरेका थिए । चीनका राजा–महाराजाहरूले कसैलाई उपहार दिनुपरे यही विरालो दिने गरेका थिए ।

तर, लामो समय मानिससँग पनि जंगली काराकाल प्रजातिका विरालो हिंस्रक हुने हुँदा सन् २००७ देखि क्रस ब्रिड गरेर क्याराक्याट बनाउन थालिएको हो । ५० सेन्टिमिटरसम्म लामो हुने यो विरालो १५ केजीसम्म हुनेगर्छ । उता जंगली काराकाल भने १३ केजीसम्म हुन्छन् भने यसलाई ब्रिड गरिने एब्सिनियन प्रजातिका बिरालो मात्र ४ केजीको हुन्छ । यसरी ब्रिड गरेर बनाइएको क्याराकाटमा खाना नपच्ने, रेबिजको सुई लगाउँदा मर्ने लगायतको समस्या देखिए पनि बिरालोको सौख लाग्नेहरूले यसलाई नजरअन्दाज गर्दै आइरहेको अनास्टासिया टिमोखिनाले बताइन् ।

प्रतिकृया दिनुहोस्