×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

अन्तिम समयमा गोल खाँदै पिएसजी रोकियो

अन्तिम समयमा गोल खाँदै पिएसजी रोकियो

काठमाडाैँ- फ्रेन्च लिग वान अन्तर्गत पिएसजी स्ट्रासबर्गसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा लिगको उपाधि जितिसकेको पिएसजीलाई स्ट्रास बर्गले ३-३ गोलको बराबरीमा रोकेको हो । 

पिएसजीले आफ्नो ३-१ गोलको अग्रता जोगाउन नसक्दा खेल बराबरी भएको थियो । पिएसजीका लागि किलियन एम्बाप्पेले २ गोल गरेका थिए भने आचरफ हाकिमीले एक गोल गरेका थिए ।

त्यस्तै स्ट्रासबर्गका लागि केभिन गमेरियो र एन्थोनी काकीले एक एक गोल गरेका थिए भने एक गोल मारको भेराटीले आत्मघाती गोल गरेका थिए । यो बराबरीपछि पिएसजीको ३५ खेलमा ७९ अंक रहेको छ भने स्ट्रास बर्गको ३५ खेलमा ५७ अंक भएको छ र लिगमा पाँचौ स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस्