×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ओलीको गृहनगर दमकमा राप्रपा विजयी

ओलीको गृहनगर दमकमा राप्रपा विजयी

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ। एमाले उम्मेदवार गीता अधिकारीलाई पराजित गर्दै दमक नगरपालिकाको प्रमुखमा राप्रपाका राम थापा विजयी भएका हुन्।

थापा कांग्रेस-माओवादीसहितको ६ दलीय गठबन्धनबाट चुनावी मैदान थिए। निर्वाचन अधिकृतको कार्यालयले यसको औपचारिक घोषणा भने गरिसकेको छैन। दमकमा कांग्रेस, राप्रपासहितका दलले गठबन्धन गरेर चुनाव लडेका थिए भने एमाले एक्लै प्रतिस्पर्धामा थियो।

उपमेयरमा पनि गठबन्धनबाट कांग्रेसकी रेगिना भट्टराई विजय नजिक छिन्। अघिल्लो चुनावमा दमक नगरपालिकाको मेयरमा एमालेका रोमनाथ ओली निर्वाचित भएका थिए।

प्रतिकृया दिनुहोस्