×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मलाई चुनावमा हराउन नसकिने भएपछि टिकट खोसियो : भीम रावल

मलाई चुनावमा हराउन नसकिने भएपछि टिकट खोसियो : भीम रावल

काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले आफूलाई टिकट नदिने कदम स्वेच्छाचारी र अन्यायपूर्ण भएको बताएका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले यस्तो बताएका हुन् ।

उनले आफूलाई टिकट नदिएको विषयमा नभइ एमालेभित्र नीति र विधि उल्लंघन भएकोमा प्रश्न उठाएको बताए । आफूलाई हराउन नसकिने बुझेपछि टिकट नै खोसिएको उनले आरोप लगाएका छन् ।

होलीवाइनका प्रवर्द्धकलाई समानुपातिक टिकट दिने, एमालेका कार्यकर्तालाई बर्बरतापूर्वक दमन गर्नेलाई मकवानपुरमा टिकट दिने र संविधान दिवसलाई कालो दिवस मनाउनेसँग साँठगाँठ गर्ने कुन सिद्धान्तमा पर्छ ? भनेर प्रश्न गरेका छन् ।

अछाम १ मा रावल सर्वसम्मत सिफारिस भएका थिए । उनको स्थानमा एमालेले माओवादी छोडेर भर्खरै आएका झपट बोहोरालाई उम्मेदवार बनाएको छ ।

प्रतिकृया दिनुहोस्